Posts

Showing posts from January, 2023

आधारभूत आर्थिक परिसूचक नसुध्रिंदै बढेको बजार कति दिगो ?

Image
  २६ पुस, काठमाडौं । ७ पुसमा  १८६७.२१ अंकमा बन्द भएको सेयर बजार परिसूचक (नेप्से) २५ पुसमा आइपुग्दा २२११.७७ अंक पुगेको छ । ११ पुसमा नयाँ सरकार बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएयता बजार सोमबारसम्म परिसूचक नेप्सेमा ३४४.५६ अंकले वृद्धि भएको छ । प्रचण्ड तीनै व्यक्ति हुन्, जसले १८ मंसिर २०७८मा सेयर बजारको लगानीलाई  साम्राज्यवादका विकसित रुप भनेका थिए । ‘पूँजीबजारबाट पूँजीपतिहरुले सिधै पूँजीबाट पूँजी लिने गर्दछ । अब पूँजीको लगानी उत्पादनमा हुँदैन । धितोपत्रमा र सट्टा बजारमा हुन्छ , ‘ उनले भनेका थिए, ‘..अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ । विश्वभर नै यो क्षेत्रमा पूँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्लेषण गर्नु जरुरी छ । यस प्रकारमा विकृतिको विष्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादीको हो । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि आउँदैन ।’ तर, उनकै नेतृत्वमा सरकार गठनपछिको सेयर बजार खुलेको ११ दिनमा ९ दिन बजार परिसूचक बढिसक्यो । मंगलबार पनि सुरुवाती समयम...